सुनसरी : सुनसरीको रामधुनी स्थित झुम्का कारागारबाट गणतन्त्र दिवसको अवसरमा ३२ जना कैदी रिहा भएका छन् ।

विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका र आधा कैद भोगिसकेका ३२ जना कैदीको कैद मिनाहा भएको जेलर कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

जेलर कटुवालका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसको आधारमा १४ औँ गणतन्त्र दिवसका अवसर पारेर नेपाल भरीका ४ सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिने घोषणा गरेकाले सोही अनु्रुप झुम्का कारागारका ३२ जना कैदी रिहा भएका हुन् ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेश समेतका आधारमा उक्त मिनाहा दिएको सूचनाका आधारमा ३२ जनालाई रिहा गरिएको जनाएको छ।