धरान : बिपी प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत बराहक्षेत्रका एक पुरुषको मृत्यु भएको छ ।

बराहक्षेत्र वडा नं. ७ का ७० वर्षीय पुरुषको मृत्यु भएको बिपी प्रतिष्ठानले जानकारी दिएको छ।

उनलाई गत जेठ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको र सोही दिन उपचारकालागी प्रतिष्ठानमा भर्ना गरिएको थियो। 

उनको जेठ १५ गते राति १:३० मा निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ।

मृतकको शवलाई नियमानुसार व्यवस्थापन गरिने प्रतिष्ठानका सह-प्रवक्ता चूडामणि पोख्रेलले जानकारी दिए ।