बेलबारी : मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएर किसानहरूलाई बोयर जातको बाख्रा वितरण गरेको छ।

कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समूह तथा व्यावसायिक फर्महरूलाई बाख्राका पाठापाठि वितरण वितरण गरेको हो। ५२ ओटा बोका र ३८ वटा पाठी वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए।

एक करोड २५ लाख मूल्य खर्च गरेर नगरपालिकाले अस्ट्रेलिया बोका ल्याएर वितरण गरेको हो। किसानहरूलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अस्ट्रेलियाबाट ल्याएर पाठापाठि बितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएको उनले बताए।

समूह तथा र्फमहरुलाई सर्त नै राखेर वितरण गरिएको छ। अनुदानमा दिएका बाख्राहरू बिक्री गर्न नपाउने सर्त राखेर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए । तिनै बाख्राका पाठापाठिबाट उत्पादन बढाउने लक्ष्य लिएको उनले बताए । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधि नै बनाएको थियो।

यो जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाइने सबै घाँस खाने भएकाले यति बेला कृषकहरूको ध्यान उक्त बाख्रा पालनमा गएको छ। थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरूमा समेत बोयर प्रति मोह बढिरहेको छ । अन्य जातको बाख्रा भन्दा बोयरले छिटो समयमा फाइदा दिने पशु प्राविधिकहरू बताउँछन् ।

बाख्राका पाठापाठि पाएपछि कृषकहरू समेत खुसी भएका छन्। अस्ट्रेलियालाई बोयरको प्रजनन केन्द्रका रूपमा मान्ने गरिन्छ बेलबारीमा व्यावसायिक बाख्रा पालन गर्दै आएका किसान राजन गोर्खालीले भने 'यसले आय आर्जनमा ठुलो राहत मिल्ने छ।'

माछा दुध तथा अन्डामा आत्म निर्भर भइसकेको नगरपालिकाले मासुमा समेत आत्म निर्भर बनाउने जनाएको छ। निषेधाज्ञाको समयमा भिडभाड बढ्ने भएपछि नगरपालिकाले समूह तथा फर्ममा लगेर पाठपाठि छोडिदिएको छ ।

boyar-2