धरान : धनकुटा जिल्लाको तत्कालीन ताङ्खुवा गाविसका पूर्व गाविस अध्यक्ष सानबहादुर लिम्बुको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा २४ दिन देखि उपचाररत लिम्बुको आज बिहान १० बजे निधन भएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष सेरबहादुर लिम्बुले जानकारी दिए ।

लिम्बु नेकपा एमालेबाट तत्कालीन ताङ्खुवा गाविसको २०४९ देखि ०५४ सम्म एक कार्यकाल उपाध्यक्ष र २०५४ देखि ०५९ सम्म एक कार्यकाल अध्यक्ष भएका लिम्बु हाल छथर जोरपाटी गाउँपालिकाको ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष पनि हुन् ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं. ३ निवासी लिम्बु सामाजिक काममा निकै सक्रिय थिए । छथर जोरपाटी गाउँपालिकामा अहिले सम्म ९२ भन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ भने अहिले सम्म ३ जनाको मृत्यु भएको अध्यक्ष सेरबहादुर लिम्बुले जानकारी दिए ।