झापा : झापाको बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौकबाट ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत रहेका छन् । शनिवार बेलुका पौने ६ बजे उनीहरूलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान भइरहेको छ ।