धरान : मोरङको सुनवर्षी नगरपालिका ४ स्थित जागी टोल बस्ने बल बहादुर ताजपुरीयाको ८ बर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडिको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

शनिवार बेलुका साँवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको आमाले देखी तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटी गई थप बुझ्ने कार्य भइरहेको छ ।