धरान : धरानमा मकै गोड्ने बेलामै फौजी किराको प्रकोप देखिएको छ ।

फौजी किराको प्रकोप गोड्ने बेलाको मकैमा देखिएको धरान उपमहानगरपालिकालाई किसानले जानकारी गराएको भए पनि उपमहानगरको कृषि शाखाले खासै चासो नदिएकोले किसानको मकै किराले सखाप पार्न लागेको किसानहरू बताउँछन् ।

फौजी किराको प्रकोपको नियन्त्रणका लागि कीटनाशक औषधी वितरण गर्न ढिलाइ हुँदा मकै कलिलैमा सखाप भएको छ।

धरानमा-१५ दिन अघि देखी फौजी किराको प्रकोप सुरु भएको हो भने धरान उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख नगेन्द्र तामाङ १०/१५ दिन देखी धनकुटा जिल्ला बस्दै आएकाले प्रकोपबारे निर्णय गर्ने ढिला भएको उपमहानगरले जनाएको छ ।

Fauji-Kira-1 1

मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रशासकीय अधिकृत गणेश खतिवडाले कमर्मचारी तुरुन्त बोलाएर किसानहरूको समस्यालाई सहजीकरण गर्ने विश्वास दिलाएका थिए । शाखाका प्रमुख १३ गते मात्र धरान आइपुगेका छन् ।

प्रमुख तामाङसँग फौजी किराको प्रकोपबारे कुरा गर्दा उनले उपमहानगरको आन्तरिक कोषबाट कृषिमा आकस्मिक बजेट ८ लाख छुटाएको बताएका छन् ।

तर, गत साल वैशाख २६ गते सम्ममा उपमहानगरपालिकाले १ सय ९८ बिघा जमिनमा औषधी वितरण गरेको थियो । तर यस पटक ज्येष्ठ १६ गते हुँदा पनि प्रकोपको नियन्त्रणका लागि निर्णय समेत गरेको छैन ।

धरानको विजयपुर, पानबारी, देउराली, पत्रङबारी, दनाबारी, पटनाली र धरान १९ लगायतका क्षेत्रको मकैमा फौजी किरा देखा परेको छ । मकै गोड्दै गरेकी धरान–१४ की मिना तामाङले भनिन् ’प्रत्येक बोटभित्र किरा छन्, गुभो र पात खाइदिएका छन्,’ बोटहरू बढ्ने अवस्थामा छैनन् । गोड्ने बेला भएका मकै हेर्न लायक छैनन् ।’ उपमहानगरले हामी गरिब किसानका कुरा के सुन्थ्यो र ?

यस्तै बालकृष्ण विष्ट, सिता थापा र श्याम थापा भन्छन् आफूले किराबारे बताउँदा उपमहानगरले ध्यान नदिएकोमा आपत्ति जनाएका छन् । अन्य नगर गाउँपालिकामा किसानलाई उपमहानगरले सहजीकरण गरेको तर आफ्नोमा बेवास्ता गरेको गुनासो गरे ।

लकडाउन छ नत बजारमा औषधी आएको छ फेरी हिँड्न पनि पाइदैन् उपमहानगरले आज सम्म केही गर्न सकेको छैन हामी ठुलो सङ्कटमा परेका छौ । प्रमुख तामाङले आज उपमहानगरमा छलफल गर्ने र किसानको समस्यालाई ढिला भए पनि सहजीकरण गर्ने बताए ।