इटहरी : इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकाहरूको घर घरमा पुग्दै छन् ।

इटहरी वडा नम्बर १३,१६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाफ नर्स विनीता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विशाल दाहाल सहित सङ्क्रमितहरूलाई भेट्न पुगेका हुन् ।

सङ्क्रमितहरूको स्वास्थ्य अवस्थाको बारेमा प्रमुख चौधरीले जानकारी लिएका छन् । उनले उपमहानगर जनताको साथमा रहेको बताए । सङ्क्रमितहरूलाई स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परामर्श दिएका छन् । होम आइसोलेसनमा बस्दा पुराउनुपर्ने सावधानीको बारेमा जानकारी दिइएको छ ।

स्वास्थ्यकर्मीहरूको टोली सहित नगरप्रमुख घरमै आइपुग्दा आधा विराम निको भएको सङ्क्रमितहरूले प्रतिक्रिया दिएका छन् । समस्या परेको वेला स्थानीय सरकार घरमै आउँदा उपमहानगर जनता प्रति उत्तरदायी रहेको पाएको नगरवासीको भनाई छ ।