धरान : पाँचथरमा आज बिहानको ३ बजे तिर एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

फिदिम नगरपालिका-३ सुम्निमा चौक स्थित मेची राजमार्ग झापाबाट ताप्लेजुङ सम्म आउँदै गरेको प्रदेश नम्बर १-०१-००१ च ७७०६ को  एम्बुलेन्स अचानक १०/१५ मिटर तल झरी दुर्घटना भएको पाँचथरका इन्स्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी घाइते भएकी पाँचथरको याङवरक २ बस्ने ५० वर्षीय ममता राईको  जिल्ला अस्पताल पाँचथरमा उपचारको मृत्यु भएको हो ।

घाइते १९ वर्षीय हेमन सुब्बाको छातीमा चोट लागेको छ भने ५५ वर्षीय डोड कुमार राई टाउकोमा चोट लागेकाले पाँचथरमा नै उपचार भइरहेको इन्स्पेक्टर विश्वकर्माले जानकारी दिए।

पाँचथर हिलिहाङ २ बस्ने २८  वर्षीय वीरेन्द्र धिताललाई प्रहरीले नियन्त्रणमा  लिएको जनाएको छ।