धरान : धरानमा दोस्रो लहरको कोरोनाबाट सङ्क्रमित १ हजार १ सय ८० जनाले कोरोना जितेका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार हिजो साँझ ६५ जना नयाँ कोरोना सङ्क्रमित धरानमा थपिए सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ हजार ८ सय ८९ पुगेको छ ।

जसमध्ये १ हजार १ सय ८० जना  भएका छन् । अव धरानमा ६ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

धरानमा कोरोनाको दोस्रो लहरबाट सङ्क्रमित भएका मध्ये ३५ जनाको मृत्यु भएको छ । पछिल्लो समय धरानमा कोरोना सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।