धरान : सुनसरी कोशी गाउँपालिका–३ नहर चोकबाट लागूऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया विहार का २८ वर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसी थान–५०२. नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट सहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका हकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको छ ।