धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा बेडबाट लडेर मृत्यु भएकी महिलाको आफन्तले शव बुझेर लगेका छन् ।

प्रतिष्ठानको कोभिड अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि भर्ना भएकी सिराहा गोल बजार–७ की एक ५५ वर्षीय महिलाको चिकित्सकको लापरबाहीको कारण लडेर मृत्यु भएको भन्दै आफन्तले शव नबुझ्ने भन्दै आएका थिए ।

आज सि सी टिभी फुटेज हेरेपछि आफन्तले शव बुझेका छन् । मृतकका ज्वाइँ धन नारायण श्रेष्ठका अनुसार अस्पताल भित्र चरम लापर्बाह भएको हो । चित्त नबुझी नबुझी शव बुझ्यौ ।

यो घटनाको गम्भिररुपमा अनुसन्धान हुनुपर्ने उनको माग रहेको छ । केही दिन पछि यसबारेमा प्रतिष्ठानका पदाधिकारीहरुसंग घटनाको छानबिनका लागि एक छानबिन समिति पनि गठन गरेर अघि बढ्ने बताए । मृतकको आजै इटहरीको बुढी खोलामा अन्त्येष्टि गरिएको उनले बताए ।

घटनाको बारेमा आज अस्पताल प्रशासनसँग भएको छलफलमा आफन्तको माग अनुसार सिसिटिभी फुटेज हेर्न दिएको र चित्त नबुझेमा छानबिन समिति गठन गर्ने भन्दा उहाहरु मान्नु भएन घटनाको बारेमा छानबिन समिति बनेर छानबिन आन्तरिक छानबिन गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले बताए ।

उनले भने ‘परिवारले भनेअनुसार नै सि सी टिभी फुटेज हेर्नुभयो, र शव अन्त्येष्टीको लागि लिएर जानु भयो । उनले भने,‘सिसिटिभी फुटेजमा बिरामी सकुशल अवस्थामा नै बेडमा देखियो । नर्सहरू पनि सँगै भएको पाइयो । उहाँहरूले चित्त बुझाएर शव लिएर जानु भयो ।’

मृतकका ज्वाइँ धन नारायण श्रेष्ठले सिसिटिभी फुटेज हेरे पनि क्लियर हुन नसकेको बताएका छन् । उनले भने,‘हेरेको जति फुटेजमा बिरामी ठिकै र नर्सहरू घुमेको नै थियो । अझै चित्त बुझेको छैन, सबै फुटेज हेर्ने र कोभिड अस्पतालको चरम लापर्बाह को अन्त्य गर्नुपर्ने उनले टेलिफोनमा भने ।

ज्येष्ठ १४ गते कोभिड अस्पताल भर्ना भएकी महिलाको हिजो दिउसो २ बजे आफन्तलाई ब्रिफिङको क्रममा लडेको जानकारी दिइएको थियो । राति ७ बजे तिर बिरामीको मृत्यु भएको आफन्तलाई जानकारी दिइएको थियो । यसले गर्दा बिरामीको मृत्यु रहस्यमय भएको भन्दै आफन्त आक्रोशित भएका थिए ।