धरान : औषधी व्यवस्था विभाग विराटनगरले नगर भित्रका औषधी पसलहरुको अनुगमन गरेको छ । गुनासो तथा उजुरीका गरिएको अनुगमनका क्रममा विरामीलाइ ठगी गर्ने दुइवटा औषधी पसल बन्द समेत गरिएको बिभागले जानकारी दिएको छ ।

विराटनगर महानगरपालिकामा सञ्चालन हुँदै आएका टाइम्स फर्मा र रियाङ्शी मेडिकललाई बन्द गरी दिएको औषधी विभाग विराटनगरका निमित्त प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए ।

अर्काको लाइसेन्स प्रयोग गरेर मेडिकल सञ्चालन गरेको, नियम अनुसार औषधीको व्यापारिक कारोबार नगरेको पाइएपछि विभागले फार्मेसी बन्द गरेको प्रमुख कट्टेलको भनाई छ ।

सर्किजल ग्लोब्स मात्रै ५५ हजार रुपैयाँको बिल

अनुगमन टोली पुगेपछि एउटा फार्मेसीका सञ्चालक शङ्कर यादव अहिले फरार रहेको विभागले जनाएको छ । उनीलाई प्रहरीले खोजी रहेको जनाएको छ भने यादवले ३ महिना देखी फार्मेसी कुनै पनि नाम बिना नै सञ्चालन गरिरहेको र बिरामीलाई लाखौँ ठगी गरेको पाइएको छ ।

गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई फार्मेसीले ठगी गरेको भेटिएको छ । १८ दिन अस्पतालमा बसेका बिरामीका लागि फार्मेसीले तीन लाख ५ हजारको औषधि भएको भन्दै बिल दिए पछि बिरामीका आफन्त नै विभागमा उजुरी दिएका हुन् । जसमा सर्किजल ग्लोब्स मात्रै ५५ हजार रुपैयाँको बिल रहेको पाए पछि विभागमा उजुरी परेको हो ।

अस्पताल नजिकै धेरै फार्मेसी सञ्चालनमा रहेका छन् । फार्मेशीले एम्बुलेन्स चालकलाई कमिसन दिने भएकोले उनीहरूले बिरामीको तिनै फार्मेसीकोमा पुर्याइदिने दिने गरेको समेत खुल्न आएको छ ।

उजुरीपछि छानबिन सुरु गरेको विभागले फार्मेसीले ठगी गरेको निष्कर्ष निकालेको हो । विभागले आफूलाई स्वास्थ्य सामग्रीमा ठगी गरेमा, दर्ता नगरी चलाएको पाएमा र मंहगो शुल्क लिएमा उजुरी गर्न समेत आग्रह गरेको छ ।