बराहक्षेत्र : सुनसरी वराहक्षेत्र नगरपालिका वडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठ वडामा होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरघरमा स्वास्थ्य सामग्री सहित हौसला प्रदान गर्न घर-घरमै पुगेका छन् ।

दिन प्रतिदिन कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बृद्बि हुँदै गएपछि वडाध्यक्ष श्रेष्ठ सहितको टोलीले सङ्क्रमित बसेको घरमै पुगेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिने, हौसला प्रदान गर्ने तथा सुरक्षित र सचेत भएर बस्न आग्रह समेत गरेका छन्।

वडाध्यक्ष श्रेष्ठले स्वास्थ्यमा समस्या आएमा जति बेला पनि वडावासीले आफू लगायत जनप्रतिनिधिलाई खबर गर्न समेत आग्रह गरेका छन् । सक्रमितसंग भेटघाट गर्न वडाध्यक्ष सहितको टोलीमा वडा सचिव लक्षण पौडेल वडा सदस्यहरू लोकबहादुर दाहाल, सुशीला परियार, सुशीला शेर्पा लगायत पुगेका छन् ।

टोलीले घरमै सङ्क्रमितहरूलाई मनोबल बढाउने हौसला प्रदान गर्ने तथा तागत वर्द्धक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । हाल सम्म वडा नं १ मा १५ जनालाई सङ्क्रमित रहेको वडा कार्यालयले जानकारी दिएको छ ।