धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्राध्यापक डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार गए राति मोरङको उर्लाबारी-४ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई जेष्ठ ४ गते कोरोना पोजेटिभ भएको थियो भने १२ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी दीर्घ रोगी थिए । उपचारको क्रममा गए राति ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।