धरान : बीपीको कोभिड-१९ अस्पतालमा संखुवासभाको सभापोखरीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह-प्रवक्ता डा.चूडामणि पोखरेलका अनुसार आज दिउसो साढे १२ बजे उपचारको क्रममा संखुवासभाको सभापोखरी-३ का ५० बर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई जेष्ठ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। १४ गते उपचारको लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो। उनी पहिले देखिनै विरामी रहेको प्रतिष्ठानले जनाएको छ।