धरान : गत जेठ ४ गते सर्दु जलाधारको १८२ बिघा फिर्ता शीर्षकको अन्नपूर्णमा प्रकाशित समाचार राजनैतिक प्रतिशोधको आधारमा आएको काँग्रेसले टिप्पणी गरेको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस सुनसरीले भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जिल्ला सचिव केदार भण्डारीद्वारा जारी विज्ञप्तिमा नेपाली काँग्रेस सुनसरीका जिल्ला सदस्य किशोर राईलाई बिना प्रमाण चरित्र हत्या गर्ने मनसायले झुट्टा समाचार प्रकाशित भएको उल्लेख गरिएको छ ।

यस्ता समाचारले पत्रकारका विषयमा समाजले राखेको आशा र विश्वास धारासायी भएको काँग्रेसको ठहर छ ।

झुट्टा समाचारको कारण पत्रकारको पेसागत मर्यादा र स्वच्छ पत्रकारिताको युग समाप्त भएको हो की भन्ने आभास भएको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विना सत्य तथ्य विना प्रमाण कसैको चरित्र हत्या गर्ने हिसाबले नलाग्न पत्रकार मित्रहरूलाई सचेत गराउँदै आम जनसमुदाय लाई झुट्टा समाचार को विश्वास नगर्न काँग्रेसले अनुरोध गरेको छ ।

congress-kedar-bnadari