विराटनगर : प्रदेश १ मा आज ७६४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीमा ३०१, मोरङमा २०२, झापामा १२२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, सङ्खुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९८२ जना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी मोरङबाट ४५० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३९ हजार ४११ पुगेको छ ।

सुनसरीको इटहरीमा १३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहबीमा ११, इनरुवामा ८, गढीमा ५, बर्जूमा ४, रामधुनीमा ३, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, कोशी गाउँपालिका र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा १५३, बुढीगंगामा ९, उर्लाबारीमा ८, जहदामा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, धनपालथान, कटहरी र रंगेलीमा २–२, मिक्लाजुङ र बेलबारीमा १–१, झापाको दमकमा ६६, मेचीनगरमा १८, भद्रपुर र बिर्तामोडमा ९–९, कनकाईमा ४, शिवसताक्षीमा ३, कचनकवलमा २, बाह्रदशी, गौरीगञ्ज, झापा गाउँपालिका र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ६३, फालेलुङमा ४ र हिलिहाङमा ३, खोटाङको खोटेहाङमा १६, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र माई जोगमाईमा ३–३, सङ्खुवासभाको खाँदबारीमा ४ र स्थानीय तह नखुलेका २, धनकुटाको पाख्रिवास र धनकुटा नगरपालिकामा २–२ र स्थानीय तह नखुलेका १, उदयपुरको उदयपुरगढीमा २, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६० हजार २२४ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ८८० पुगेको छ । प्रदेश १ मा आज २ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४८ महिला र ४१६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।