धरान : धरान-१६ नौलो बस्तीका दुई विपन्न परिवारलाई धरानका समाजसेवीहरूले बिहीबार आर्थिक सहयोग गरेका छन्।

नौलो बस्तीका इन्द्रकुमारी बिक, एक बहादुर बिक (लकान्द्री माइला) र सीता राईलाई धरान-३ जल्पारोड निवासी गङ्गा प्रसाद श्रेष्ठ र धरान-१४ निवासी सुरेन्द्र घिमिरेले जनही रु ५/५ हजार प्रदान गरेका छन् ।

धरान-१६ का वडा अध्यक्ष दिल कुमार गिरिले बुधवार सामाजिक सञ्जालमा दुई विपन्न परिवारको आर्थिक अवस्था दयनीय भन्नेबारे पोस्ट गरेको देखेपछि दया लागेर माहामारिको समयमा थोरै भए पनि राहत महसुस होस भनेर सहयोग गरेको घिमिरेले बताए ।

विपन्न परिवारलाई घरैमा पुगेर आर्थिक सहयोग गर्न पाउँदा खुसी लागेको गङ्गा प्रसाद श्रेष्ठले बताए। वडाध्यक्ष गिरिले सहयोगी दुवै जना दाताहरूलाई धन्यवाद दिए। हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सह-सचिवद्वय भोला श्रेष्ठ र तीर्थ कार्कीको समेत उपस्थिति रहेको थियो ।