झापा : झापाको बिर्तामोड नगरपालिका–९ धौलापुरबाट ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाइकललाई रोकेर चेक गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय पशुपति राजवंशी, २८ वर्षीय दीपक चौधरी र एक १७ वर्षीय बालकलाई बिहीबार राती ७ बजे १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।