धरान : मोटरसाइकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इटहरी उप–महानगरपालिका–२ का ४० वर्षीय सुवास चन्द्र राई, इटहरी २० का ३८ वर्षीय बलराम गुरुङ र इटहरी १३ का २६ वर्षीय राजेश मेहेता रहेका छन् ।

जेष्ठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका–४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश–१–०५–००१ प.००६१ न.को एनएस–२०० सिसीको मोटरसाइकल हराएको भनी जानकारी पाए लगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरूलाई इटहरीको खनारबाट चोरी भएको मोटरसाइकल सहित बिहीबार राती १० बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।