धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको केही दिन अघि देखि रिक्त रहेको डेपुटी अस्पताल निर्देशकमा डा. दिव्यराज मिश्र नियुक्त भएका छन् ।

डा.मिश्रलाई अस्पताल निर्देशक प्रा.डा.गौरीशङ्कर साहको सिफारिसमा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले डेपुटी अस्पताल निर्देशकमा नियुक्त गरेका हुन् । नवनियुक्त डा.मिश्रले आजदेखि कार्यभार सम्हालेको प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिएका छन् । डेपुटी अस्पताल निर्देशकको कार्यकाल २ वर्षको हुन्छ ।

यसअघि उक्त पदको जिम्मेवारी डा.दिलीप ठाकुरले सम्हाल्दै आएका थिए । नवनियुक्त डेपुटी अस्पताल निर्देशक डा.मिश्र पल्मोनोलोजी एन्ड स्लिप मेडिसिन विभागमा एसोसिएट प्रोफेसर हुन ।