झापा : झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

झापा जिल्लाको कचनकवल गाउँपालिका-६ मा ४० वर्षीय डोलु आलम मियाँको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शुक्रवार बेलुका ६ बजे छिमेकी श्याम भेटवालको घरमा धान काट्न गएका उनी तिर्खा लागेपछि पानी खान कलमा गएका थिए।

कलमा जोडिएको पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ।