धरान : बीपीको कोभिड १९ अस्पतालमा आज धरान र बराहक्षेत्रका दुई जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणी पोखरेलले दिएको जानकारी अनुसार आज बिहान ५ः४५ बजे धरान ११ का ६३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

जेठ ११ गते कोरोना पुष्टि भएका उनलाई सोही दिन कोभिड हस्पिटलमा भर्ना भएका थिए । उनी दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

यसै गरी आज नै बराहक्षेत्र ४ का ६० वर्षीय महिलाको पनि उपचारको क्रममा आज बिहान ७ बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनलाई जेठ २० गते कोरोना पुष्टि भएको र आज कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी पनि दिर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ ।