इटहरी :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले शिक्षक तथा विद्यालयका कर्मचारीलाई खोपमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

दैनिक हजारौँ विद्यार्थीको बिचमा क्रियाशील हुनुपर्न शिक्षक तथा कर्मचारीहरू अबको प्राथमिकतामा पर्नुपर्ने उनले बताए ।

शनिवार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले सरकारले अहिलेसम्म उनीहरूलाई खोप नदिएर देखाएको गैरजिम्वेवार व्यवहार प्रति दुःख व्यक्त गरेका छन् ।

सरकारले खोपको विषयमा चासो दिएर सकेसम्म चाँडो समस्या समाधान गर्नुपर्ने उनको भनाई छ ।