धरान : धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीका कुरुवाहरू झाडीमा नै दिसा पिसाब गर्न बाध्य छन् ।

BP-Covid-Hospital-4

कोभिड अस्पतालमा व्यवस्थापन फितलो भए पछि ६० देखी ७० जना बिरामीका कुरुवाहरूले झाडीमा नै दिसा पिसाब गर्नु परेको हो । महिला पुरुष एकै ठाउँमा दिसा गरी झारले पुछ्नु परेको सविता राई सुनाउँछिन् ।

BP-Covid-Hospital-5

नन्दीलाल यादवले पनि शौचालय नहुँदा खुल्ला चौरीमा दिउँसो जान लाज हुने रातमा डर हुने बताउँछन् भने सुमन श्रेष्ठले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा यस्तो शौचालयको समस्या हुने लाजमर्दो सँगै लापरबाही भएको गुनासो गर्छन् ।

BP-Covid-Hospital-7

कोभिड-१९ अस्पतालमा स्थापना पहिलो चरणको कोरोना भाइरस सुरु हुँदा नै भएको हो । न त यहाँ पक्की शौचालय छ । न त यहाँ हात धुने पानीको व्यवस्था छ ? न त हात धुने साबुन नै छ । कोभिड अस्पतालको बाहिर करिब ६० देखी ७० जना कुरुवाहरू पाल टाँगेर बसेका छन् । जताततै फालिएका फोहोर मैला देखिन्छ बेलुका मात्र हैन बिहान समेत उठाएको हुँदैन ।

BP-Covid-Hospital-8

सङ्क्रमितको हेरचार सबै अस्पतालले नै गर्छ एक जना कुरुवा बस्ने गरेका छन् । तर, एक जना सङ्क्रमित बिरामीको ४ वा ५ जना कुरुवा बसेर भिडभाड हुँदा समेत प्रतिष्ठानको व्यवस्थापन टिम मौन रहेको छ । प्रतिष्ठानको धर्मशाला खाली हुँदा पनि खुल्ला चौरमा कुरुवाहरू रात बिताउन बाध्य छन् । तर, स्थानीय सरकार, अग्रवाल समाज र मारवाडी मञ्च मिलेर कुरुवाका लागि भवन बनाउने भनेर प्रतिष्ठानले त्यही भवनमा शौचालय बन्छ भनेर बाटो हेरेर बसेको अवस्था छ ।

BP-Covid-Hospital-6

अस्पताल भित्र बिरामी राखिए पनि बाहिर बिरामी कुरुवाको कन्त बिजोग छ । सङ्क्रमितका आफन्त आफै सम्भावित सङ्क्रमितको रेड जोनमा पर्छ तर, उनीहरूको परीक्षण पनि नगर्दा सङ्क्रमणको अवस्था सिर्जना हुनुका साथै थप सङ्क्रमित हुने जोखिम बढ्दै गएको छ ।

अस्पतालमा बिरामीका कुरुवाले पनि मनपरी गर्छन् । अस्पताल नै होटल जस्तो भएको छ । कुरुवा रक्सी, चुरोट माछा मासु आदी खाएर जथाभाबी फोहोर गर्दे आएका छन् । मास्क , स्यानिटाइजर तथा मापदण्ड समेत पुरा नगरी बिरामी कुरुवाहरू पनि बसेका छन् ।

BP-Covid-Hospital-2

कोभिड अस्पतालको व्यवस्थापन बारे कुरा गर्न फोन सम्पर्क गर्दा कोभिड अस्पतालका व्यवस्थापन प्रमुख डा. ज्ञानेन्द्र मल्ललाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणी पोखरेलले शौचालयको विषयमा आफू गम्भीर भएको र अस्पताल टिम सँग कुरा राख्ने बताएका छन् ।

BP-Covid-Hospital-1

सन् २०१७ मा सुनसरी ‘खुल्ला दिसामुक्त’ क्षेत्र घोषणा भएको हो । ‘खुल्ला दिसामुक्त’ घोषणा भएको मध्ये नेपाल पनि एसियाको २ नं मा पर्छ । अस्पतालको आधारभूत आवश्यकतामा नै शौचालय अनिवार्य हुन्छ तर, प्रतिष्ठान जस्तो एसियाकै उत्कृष्ट अस्पतालमा शौचालय नभएर झाडीमा जानु परेको अवस्थामा स्थानीय सरकार वा स्वास्थ्य मन्त्रालयले अनुगमन गरी समस्याको समाधान चाडै हुन जरुरी छ ।

BP-Covid-Hospital-3