धरान : सुनसरीको गढी गाऊपालिका २ औरावनीको काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।