विराटनगर : प्रदेश १ को बजेट अधिवेशन आजबाट सुरु हुँदै छ ।

अध्यादेश मार्फत प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ संशोधन पछि प्रदेश सरकारले बोलाएको बजेट अधिवेशन आज दिउँसो २ बजेबाट सुरु हुन लागेको हो ।

प्रदेशको सातौँ हिउँदे अधिवेशन गत वैशाख ५ गते सकिएको थियो । आठौँ अधिवेशन बजेट पेस गर्ने मिति भन्दा आठ दिन अघि बोलाइएको थियो ।

प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ मा बजेट पेस हुने मिति भन्दा १५ दिन अघि नै पूर्व बजेट छलफल गर्नुपर्ने प्रावधान छ । तर संशोधन मार्फत पाँच दिन अघि छलफल गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

प्रदेशमा जेठ १ गते बजेट प्रस्तुत हुँदै छ । असार १ गते प्रस्तुत हुने बजेटको तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले जानकारी दिए । आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने उनले बताए ।