धरान : मोरङको जहदा गाउँपालिका १ बुधनगरमा रहेको खाली जग्गामा लुकाइछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढीको सिल प्याक मदिरा बरामद भएको छ ।

गए राती साढे १ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाइकलमा लोड गरेको र बाकी बेवारिसे अवस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र विभिन्न ब्रान्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो ।

बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा प्रहरीले बुझाएको छ ।