विराटनगर : प्रदेश १ मा आज ५४० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा १९७, सुनसरीमा १८८, मोरङमा १०२, सङ्खुवासभामा १८, धनकुटामा १३, इलाममा ७, उदयपुरमा ३, भोजपुरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ७३३ जना सङ्क्रमणमुक्त भएका छन् । ३०० महिला र ४३३ पुरुष सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४२ हजार ३७२ पुगेको छ।

झापाको भद्रपुरमा ५२, बुद्धशान्तिमा ३३, विर्तामोडमा ३०, दमकमा १५, मेचीनगर र अर्जुनधारामा १३-१३, कनकाई र शिवसताक्षीमा ११-११, कमल गाउँपालिकामा ७, कचनकवलमा ६, हल्दिबारीमा ३, गौरीगञ्जमा २, स्थानीय तह नखुलेका १, सुनसरीको इटहरीमा १०३, धरानमा ५०, हरिनगर र स्थानीय तह नखुलेको ७-७, बराहक्षेत्रमा ६, दुहबीमा ४, रामधुनीमा ३, देवानगञ्ज, इनरुवा र बर्जूमा २-२, भोक्राहानरसिंह र कोसी गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ६२, कानेपोखरीमा २१, कटहरीमा ६, बुढीगंगामा ३, ग्रामथान र बेलबारीमा २-२, धनपालथान, उर्लाबारी, जहदा, रतुवामाई, रंगेली र स्थानीय तह नखुलेका १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि सङ्खुवासभाको चैनपुरमा १२ र मादीमा ६, धनकुटाको पाख्रिवासमा ८, धनकुटा नगरपालिकामा ४, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिकामा ५, सूर्योदय र माईमा १-१, उदयपुरको त्रियुगा, बेलका र स्थानीय तह नखुलेका १-१, भोजपुरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६२ हजार ५२६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार १७७ रहेको छ। प्रदेश १ मा आज १ हजार ६०० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २५६ महिला र २८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।