धरान : चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप भेरो सेल धरानमा लगाउन सुरु गरिएको छ ।

धरानको छाताचौकमा रहेको पुरानो अस्पतालमा खोप लगाउनेहरूको भिड बढेको छ । यो समाचार तयार पारुन्जेल सम्ममा २ सय भन्दा बढीले खोप लगाई सकेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

Khop-5

सङ्घीय सरकारले देशव्यापी रूपमा सुरु गरेको खोप अभियान अन्तर्गत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा आजदेखि ज्येष्ठ नागरिकहरूलाई भेरो सेल खोप लगाउन सुरु गरिएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ८० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाइने मेहेताले जानकारी दिए । स्वास्थ्य प्रमुख मेहेताका अनुसार आज बिहान १० बजेदेखि खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरूलाई लगाउन सुरु गरिएको छ ।

Khop-4

आज पहिलो दिन मात्रै धरानमा लगभग १ हजार भन्दा बढीले खोप लगाउने अनुमान गरिएको छ । गत फागुनमा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारीलगायतलाई भारतले अनुदान दिएको खोप कोभिसिल्ड लगाइएको थियो । उनीहरूका लागि दोस्रो डोजको खोप आगामी असार पहिलो सातादेखि लगाउने स्वास्थ्य महाशाखाले जनाएको छ ।

Khop-3

धरान उपमहामहानगरपालिकाका मेयर तिलक राई, उपप्रमुख मञ्जु भण्डारी र प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल पनि भेरो सेल खोप लगाएको स्थलगत निरीक्षण गर्न पुगेका थिए ।

खोप केन्द्रमा भीड बढ्नुको मुख्य कारण कोरोनाबाट जोगिनु खोप नै मुख्य विकल्प भएको भन्ने सर्वसाधारणले बुझेका कारण भएको प्रमुख मेहेताले बताए ।

Khop-2

यस भन्दा अघि धरानमा १५ हजार ५ सय जतिले भारतीय खोप कोभिसिल्ड लगाएका थिए । जस मध्ये १५ सयले दोस्रो मात्रा पनि लगाए भने अझै १४ हजारले दोस्रो मात्रा लगाउन बाँकी रहेको छ ।

Khop-1