धरान : मोरङ र ओखलढुङ्गामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मोरङको बेलबारी नगरपालिका–५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ७ बजे घरको बरन्डामा खाना खाई रहेको अवस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई थप बुझ्ने कार्य भइरहेको छ ।

यसैबिच ओखलढुङ्गाको मोलुङ गाउँपालिका–७ का २५ वर्षीय रबिन अधिकारी लडेर पानीमा डुबी मृत्यु भएको छ ।

सोमबार बेलुका ४ बजे अधिकारी साथीहरूसँग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिँचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबी मृत्यु भएको भन्ने जानकारी प्राप्त भए लगतै प्रहरी चौकी प्राप्चा र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।