चतरा : बराहक्षेत्रको न्यु सङ्गीता मेडिकलका प्रोप्राइटर तथा नेपाली काँग्रेसका नेता सुरेन्द्र प्रसाद गुप्ता मार्फत बराहक्षेत्र नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। कोरोना भाइरस न्यूनीकरण गर्न सहयोग र नगरवासीहरुलाई  स्वास्थ्य साम्रगीको अभाव नहोस् भन्ने उद्देश्य राखेर गुप्ता मार्फत नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

न्यु सङ्गीता मेडिकलकाको प्रोप्राइटर रहेका गुप्ताको पहलमा वीरगन्जको आर्या फर्मा ल्याब मोरङको कश्यप ऋषि आयुर्वेदद्वारा सुनसरीको बराहक्षेत्र नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

आर्या फर्मा ल्याबले उपलब्ध गराएको १ लाख १३ हजार २ सय बराबरको औषधी र कश्यप ऋषि आयुर्वेदले उपलब्ध गराएको ७५ हजार बराबरको स्यानिटाइजर लगायत स्वास्थ्य सामाग्री आज मङ्गलवार नगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ ।

नगरपालिकाको प्राङ्गणमा भएको हस्तान्तरण कार्यक्रममा नगर प्रमुख निलम खनालले स्वास्थ्य सामाग्री बुझेका थिए ।

हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत राजेशप्रसाद पोखरेल, जनस्वास्थ्य निरीक्षक उमेश मेहता, न्यु सङ्गीता मेडिकल हलका प्रोप्राइटर सुरेन्द्रप्रसाद गुप्ता, दीपक अधिकारी, आर्या फर्माका सेल्स मेनेजर दुर्गा भट्टराई, एरिया मेनेजर बिकेश पोखरेल, बजार प्रतिनिधि केशव भट्टराई लगायतको उपस्थिति रहेको थियो ।