झापा : झापामा बुधवारदेखि दुई दिनसम्म कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ।

झापामा यस पटक चिनियाँ खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सङ्ख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाणपत्रसहित आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ। चिनियाँ भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो डोज लगाइने स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए।

यो खोप पहिलो मात्रामा लगाएको ४ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताइएको छ। झापामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको सङ्ख्या करिब २० हजार रहेको अनुमान गरिएको छ । तर , खोप १३ हजार मात्र आएको छ ।

जिल्लाका सबै पालिकाहरूलाई मिलाएर खोप उपलब्ध गराइएको चौलागाईले बताए । कूल जनसङ्ख्याको १।७५ प्रतिशत त्यस उमेर समूहको भएको जनाइएको छ।