धरान : बीपीको कोभिड–१९ अस्पतालमा २ जना कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलले दिएको जानकारी अनुसार आज बिहान ३ः२५ बजे इटहरीका ६२ वर्षीय पुरुष र मोरङको सुन्दरहरैचा–६ का ७९ वर्षीय वृद्ध पुरुषको बिहान ६ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

इटहरीका मृतकलाई जेठ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने १८ गते बीपीको कोभिड अस्पतालमा भर्ना भएका थिए । यसै गरी सुन्दरहरैचाका मृतकलाई जेठ २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने २२ गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

दुवै जना मृतकको शव नियम अनुसार व्यवस्थापन गर्ने तयारी भएको प्रतिष्ठानले जनाएको छ ।