धरान : धरान उपमहानगरपालिकाको फोहोर बोक्ने ट्र्याक्टरबाट खसेर एक जना सफाइ मजदुरको मृत्यु भएको छ ।

आज दिउसो साढे १२ बजे फोहोर बोकेको ट्र्याक्टर फोहोर विसर्जन गर्न जङ्गल जाँदै गर्दा धरान-८ को जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी डिकीबाट खस्दा सफाइ मजदुर ४० वर्षीय सफाइ मजदुर बाबुराम पौडेलको मृत्यु भएको हो ।

धरान उपमहानगरपालिकाको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले दिएको जानकारी अनुसार डिकीबाट झरे पछि अस्पताल पुराउँदा डाक्टरले मृत घोषणा गरेका थिए । उनको टाउकोमा चोट लागेको देखिन्छ ।

को १ त ६७ नम्बर को फोहोर बोक्ने ट्याक्टरका चालक र ट्र्याक्टरलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।