विराटनगर : प्रदेश एकमा आज १ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सबैभन्दा बढी ५९८ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ५०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा १६५, झापामा १३२, मोरङमा ११९,  पाँचथरमा ५४, इलाममा ८, धनकुटामा ६, तेह्रथुममा ४, भोजपुर र उदयपुरमा ३-३, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

सुनसरीको इनरुवामा ६२, धरानमा ३७, इटहरीमा ३४, देवानगञ्जमा १४, दुहबीमा ७, बराहक्षेत्रमा ६, रामधुनीमा ३, गढी र कोसी गाउँपालिकामा १-१, झापाको दमकमा ३७,  भद्रपुरमा २२, बिर्तामोडमा २०, अर्जुनधारामा १२, कनकाई र शिवसताक्षीमा ८-८, बाह्रदशीमा ७, गौरीगञ्जमा ५, मेचीनगर, बुद्धशान्ति र कचनकवलमा ३-३,कमल गाउँपालिका र स्थानीय तह नखुलेका २-२, मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १६, बेलबारी र बुढीगंगामा ७-७, कटहरी र सुन्दरहरैचामा ४-४, केराबारी र रंगेलीमा ३-३, कानेपोखरी र धनपालथानमा २-२, रतुवामाई, सुनबर्षी, जहदा, ग्रामथान र स्थानीय तह नखुलेका १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि फिदिममा ५१, हिलिहाङमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, रोङ र स्थानीय तह नखुलेका २-२, सूर्योदय र माईमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथरमा २ र स्थानीय तह नखुलेका १, तेह्रथुमको म्याङ्लुङमा ३ र आठराईमा १ , भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २,  उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र त्रियुगामा १-१, सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६३ हजार ८२० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ५८१ रहेको छ । 

प्रदेश १ मा आज १ हजार ६५३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २२४ पुरुष र २८३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।