झापा : झापाको बिर्तामोडमा करेन्ट लागेर ३ बर्षीय बालक अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ।

बिर्तामोड-१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ बर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ।

बुधबार बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।