धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको अध्यक्षमा बाल रोग विभागका एसिस्टेन्ट प्रोफेसर डा. अरुणकुमार सिंह निर्विरोध निर्वाचित भएका छन्।

समाजको अध्यक्ष सहित अन्य ४ जना पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन्। समाजका सबै कार्यसमितिहरू निर्वाचित हुने भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र एक जना सदस्यको विपक्षमा कसैले नाम दर्ता नगराए पछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा उपाध्यक्षमा डा.लोकेस शेखर जैसवाल, सहसचिवमा डा. विजय कुमार श्रीवास्तव र सदस्यमा डा.कुनाल विक्रम देव रहेका छन्।

प्रतिष्ठान अन्तरगत रहेको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको अन्य दुई सदस्यको लागि निर्वाचन हुन बाँकी छ। रिक्त रहेका पदहरूको निर्वाचन आउँदो असार १३ गते हुने छ।

कार्यसमितिको कार्यकाल दुई वर्षको हुने हुनेछ। डा. सिंह बालबालिकाका डाक्टर साथी पुस्तकका लेखक सँगै आर्थिक अवस्था कमजोर भएका विपन्न बालबालिकाहरूलाई निःशुल्क उपचार गर्दै आएका छन् ।