झापा : झापाको गौरादह नगरपालिका-७ का नारायण राजवंशीलाई १४ दिन अघि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भयो। उनको अवस्था गम्भीर बनेपछि उनलाई झापाकै बिर्तामोडमा रहेको बिएण्डसि अस्पताल पुर्‍याइयो

नारायणलाई कोरोनाको मुखबाट त बचाइयो । तर अहिले अस्पतालबाट घर फर्काउन समस्या भएको छ। नारायणकी पत्नी सुष्माले कोरोनाको महामारीबाट उपचार गरेर आफ्ना पतिलाई बचाए पनि अस्पतालबाट घर लैजान नसकेको गुनासो गरेकी छन् ।

“कोरोनाको मुखबाट आफ्नो पतिलाई बचाउन पाउँदा एकातिर खुसी छु तर , अस्पतालको पैसा कसरी तिरेर आफ्नो पतिलाई घर लैजाने भन्ने चिन्ताले अहिले पीरोल्लिरहेको छु ।” सुष्माले भनिन् ।

उनका श्रीमान् ४२ वर्षीय नारायणचन्द्र राजवंशीलाई १२ दिनअघि कोरोना सङ्क्रमण देखिएको थियो । अवस्था गम्भीर बनेपछि उनलाई बिर्तामोडको बिएण्डसी हस्पिटलमा ल्याएर भर्ना गरियो। आइसियुमा राखेर उनलाई उपचार गरियो। उनको अवस्था सामान्य बन्दै गएको छ।

'अस्पतालमा २ लाख रुपैयाँ डिपोजिट गरेको छु । तर, अस्पतालको खर्च १० लाखभन्दा बढी उठिसकेको भन्छ सुषमाले भनिन् ।' ‘सरसापट र झारझुर गरेर अस्पतालमा २ लाख बुझायौँ’ उनले समस्या सुनाइन् ,‘बाँकी ८ लाख के गरी तिर्नु तनाव भएको छ।’

उनले त्यसका लागि सबैसँग आर्थिक सहयोगको आव्हान समेत गरेकी छन्। सहयोगी मनहरूलाई आफ्नो ९८०३४७३१६३ नम्बरमा फोन गर्न वा अस्पतालमै आएर सहयोग गर्न उनले आग्रह गरेकी छन्।

Rajbangsi