विराटनगर : प्रदेश १ बाट आज १ हजार ४४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सबैभन्दा बढी ४६३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४६ हजार ३४१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५७३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा १६८, मोरङमा १४४, झापामा १२५, उदयपुरमा ५५, सङ्खुवासभामा ४९, धनकुटामा ७, इलाममा ३, तेह्रथुम र भोजपुरमा २–२, पाँचथर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ५८, धरानमा ५७, बराहक्षेत्रमा ३०, दुहबीमा ७, इनरुवा र स्थानीय तह नखुलेका ४–४, रामधुनी र गढीमा ३–३, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ८६, बुढीगंगामा १५, लेटाङमा १३, उर्लाबारीमा ७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरेमा ३, बेलबारी, कटहरी, रंगेली, जहदा, सुनबर्षी र रतुवामाईमा २–२, धनपालथान, केराबारी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ३०, दमकमा २९, बिर्तामोडमा १८, मेचीनगरमा ११, कनकाईमा १०, शिवसताक्षीमा ६, कमल गाउँपालिकामा ५, अर्जुनधारामा ४, बुद्धशान्ति र कचनकवलमा ३–३, हाल्दिबारी र गौरीगञ्जमा २–२ र स्थानीय तह नखुलेका १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको बेलकामा ३९, त्रियुगामा १५, उदयपुरगढीमा १, सङ्खुवासभाको चैनपुरमा २३, खाँदबारीमा २०, पाँचखपनमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रिवासमा २ र साँगुरीगढीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुलीमा १, तेह्रथुमको म्याङ्लुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, पाँचथरको फाल्गुनन्द र खोटाङको हलेसीतुवाचुङमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६४ हजार ३९३ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार २५ रहेको छ । प्रदेश १ मा आज १ हजार ७४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २६५ महिला र ३०८ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।