झापा : झापाका दुई नगरपालिकालाई विभिन्न सामाजिक संस्थाले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्

बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई दुई वटा सामाजिक संस्थाले ५० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराइएका हुन ।

आनी छोइङ डोल्मा फाउन्डेसन र प्रारम्भ सामाजिक संस्थाले दुई नगरपालिकालाई १-१ थान भेन्टिलेटर, २-२ थान अक्सिजन कन्सन्ट्रेटर र पिपिई सेट उपलब्ध गराएको छ ।

कोरोना महामारीको जोखिमबाट हुने क्षति कम गर्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको फाउन्डेसनकी आनी छोइङ डोल्माले बताइन् । फाउन्डेसनले विभिन्न जिल्लामा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ।

स्वास्थ्य सामाग्री बुझ्दै नगरका मेयरहरूले सहयोगी संस्थाहरूलाई धन्यवाद दिए । यता, बिर्तामोड नगरपालिकाले प्राप्त स्वास्थ्य सामाग्री बिर्तामोड नगर अस्पतालमा प्रयोग गर्ने स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए ।