धरान : धरान उपमहानगरपालिकामा कोरोना विरुद्धको चिनिया भेरो सेल खोप २ हजार १ सय ४४ जनाले लगाएका छन्।

जेठ २५,२६ र २७ गते धरान स्वास्थ्य चौकीमा तीन दिन, जेठ २६ गते सहरी स्वास्थ्य क्लिनिक धरान १५ श्याम चौक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र धरान १७ रेल्वेमा गरी पहिलो दिन ३ सय ७२, दोस्रो दिन ५ सय ५३ र तेस्रो दिन १ हजार २ सय १९ जना गरी जम्मा २ हजार १ सय ४४ जना ज्येष्ठ नागरिकले कोरोना विरुद्धको भेरोसेल खोप लगाएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

धरानमा जम्मा आएको खोप सङ्ख्या २१८० भायल आएकोमा ३६ वटा भायल खाली रहेका थिए । पछिल्लो समय धरानमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या निकै धेरै देखिएको थियो । अन्तिम दिन केही ज्येष्ठ नागरिकहरू खोप नपुगेर फर्किएका पनि थिए ।