झापा : झापामा छुट्टाछुट्टै स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीय गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाइते भएकी उनको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाउँपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ वर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भीर घाइते भएका उनको उपचारको लागी लैजानै क्रममा बाटैमा मृत्यु भएको जानकारी दिएको छ।