धरान : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८ को सेतोमानेमा जेसिबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जाँदै गरेको ट्रकमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

ग १ क ५१७३ नम्बरको ट्रकमा रोडमाथि टाँगिएको बिद्युतको मेन तारमा जेसिबीले छोएर करेन्ट लाग्दा २ जनाको घटनास्थलमानमै मृत्यु भएको प्रहरीले जनाएको छ भने २ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा ट्रक चालक बागलुङ बडीगंगा गाउँपालिका–५ का २६ वर्षीय भूमिराज मरासैनी र सोही ट्रकमा सवार जेसिबी चालक स्याङ्जाका २३ वर्षीय राम परियार रहेका छन् ।

घाइतेहरूमा ट्रकका सहचालक बागलुङ मालिटा गाउँपालिका–८ का १९ वर्षीय वसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लीला परियार रहेका छन् ।

JCB-1

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटी गई घाइतेहरूलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।