धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारको क्रममा धरान-१८ का एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

धरान-१८ का वडाध्यक्ष प्रवीण राईले दिएको जानकारी अनुसार धरान-१८ का ५६ वर्षीय पुरुषको बीपीको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी पहिले देखिनै दीर्घ रोगी रहेको बताइएको छ ।

यो सँगै धरानमा दोस्रो लहरको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।