इटहरी : रातको समयमा माछा मार्न जानेक्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । इटहरी २० तरहरामाको पैनीमा माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरूको निधन भएको हो ।

इटहरीकै एक फर्निचर उद्योगमा काम गर्ने उनीहरू तरहरामा डेरामा बस्ने गरेको वडाध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक दम्पती रौताहा गाउँपालिका उदयपुरका २५ वर्षीय हेमशेर राई र २२ वर्षीय शर्मिला राई हुन् । मध्यरातमा खार्सला पैनीमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको देखिएको श्रेष्ठले बताए ।

मुचुल्का उठाएर शवलाई पोष्टमाटमको लागि लैजाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी निरीक्षक केशव कटवालले जानकारी दिए ।

'उदयपुरबाट आफन्त आउनेक्रममा हुनुहुन्छ । वहाँहरू आएपछि पोस्टमार्टम गरिन्छ । घटना बारे थप अनुसन्धान भइरहेको छ,' उनले भने ।