धरान : इलाम नगरपालिका ७ ताराकुटीडाँडा फूलगाछीका ५० वर्षीय वीर बहादुर लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रवार दिउसो साढे २ बजे लाइन बनाउन भर्याङ लगाई बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर घाइते भएका लिम्बुको जिल्ला अस्पताल इलाममा उपचारको शुक्रवार दिनको पौने ३ बजे मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटि थप अनुसन्धान भइरहेको छ ।