धरान : मोरङको उर्लाबारी नगरपालिका ६ स्थित पूर्व बसपार्क नजिकबाट प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने २१ वर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी ट्रामाडोल १७० क्याप्सुल र स्पासपेइन २०० क्याप्सुल सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।