धरान : धरान-८ भोटेपुलमा एम्बुलेन्सलेले मोटरसाइकललाई ठक्कर दिँदा एक गम्भीर घाइते भएका छन् ।

को ३५ प ३८३७ एभेन्जर वाइकमा सवार धरान–७ का ६२ वर्षीय रत्न बहादुर राई घाइते भएका हुन् ।
घाइतेको विजयपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स चालक धनकुटा हिले १ बस्ने ३६ वर्षीय अर्जुन तामाङ रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । एम्बुलेन्स विजयराज हस्पिटल प्रा.ली.को यातायातमा दर्ता गर्न तयारी अवस्थामा रहेको प्रहरीको भनाई छ ।

एम्बुलेन्समा चामल, माछा र अन्य खाद्यान्न बोकेर आएको थियो भने प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।